समाज


स्वास्थ्य मन्त्रालयले भन्यो: १२ जिल्लामा कोरोना समुदायमै फैलिसक्यो

स्वास्थ्य मन्त्रालयले भन्यो: १२ जिल्लामा कोरोना समुदायमै फैलिसक्यो

नेपालखबर
भदौ १६, २०७७ मंगलबार ११:३२,

जनस्वास्थ्य वैज्ञानिक डा. सुरेश तिवारीले १२ वटा जिल्लामा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिसकेको बताएका छन्।

स्वास्थ्य मन्त्रालयले आयोजना गर्ने दैनिक पत्रकार सम्मेलनमा मन्त्रालयका जनस्वास्थ्य सल्लाहकार तिवारीले हालसम्म फेला परेका संक्रमितमध्ये ७३ प्रतिशत १२ जिल्लाका रहेको बताए।

५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको मोरङ, सुनसरी, धनुषा, महोत्तरी, पर्सा, बारा, रौतहट, सर्लाही, काठमाडौं, ललितपुर, चितवन र रुपन्देहीमा कोरोना समुदायमा फैलिएको उनले बताए।

‘हट स्पट बनेका यी क्षेत्रमा समुदायमा संक्रमण भएको छ। यी जिल्लामा नियन्त्रण र परीक्षण दायरालाई बढाउनु पर्छ,’ तिवारीले भने, ‘त्यसो गरे नियन्त्रणमा हामीले सफलता प्राप्त गर्न सक्छौँ।’

उनले विभिन्न तथ्यांकका आधारमा कोरोना समुदायमा फैलिएको भन्न सकिने बताए।

‘एक महिनाअघि संक्रमित महिलाको संख्या ८ प्रतिशतको हाराहारीमा थियो। अहिले यो बढ्दै गएको छ र २२ प्रतिशत पुगेको छ,’ उनले भने, ‘वृद्धहरुमा समेत संक्रमणको दर बढेको छ। संक्रमण बढी भएको जिल्लाहरुमा ९६ प्रतिशत केस स्थानीय भएको देखिएको छ।’

मृत्यु हुने क्रम पनि विस्तारै वृद्धहरुतर्फ सदैए गएको उनले बताए। उनका अनुसार परीक्षण गरिएको संख्यामा संक्रमित भेटिने दर अर्थात् ‘पोजेटिभिटी रेसियो’ पनि बढेको छ। जुन अहिले अहिले ९ प्रतिशत हाराहारी पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad