डुटेर्तेले भन्सार प्रमुखहरुलाई लागुपदार्थ तस्करलाई गोली हानेर मार्नू भनेर सार्वजनिक रुपमा आदेश दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
डुटेर्तेले गोली हान्ने अधिकारीलाई आफ्नो साथ हुने र उनीहरु जेल जान नपर्ने पनि विश्वस्त तुल्याएका छन्।
डुटेर्तेको लागूऔषधविरोधी अभियानको क्रममा हालसम्म ५ हजार ७ सय भन्दा बढी लागूऔषध तस्करको हत्या भइसकेको छ।
पश्चिमा देशहरुले भने डुटेर्तेको सरकारले मानवअधिकार उल्लंघन गरेको भन्दै आलोचना गर्दै आएका छन्। एजेन्सी
3
Shares

प्रतिक्रिया