उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले साउन १ देखि भदौ १५ सम्म २ सय ७३ वटा कम्पनीको बजार अनुगमन गरेको छ।
विभागले उक्त अवधिमा अनुगमन गरी दोषी कम्पनीहरुलाई ४० लाख ३५ हजार रुपैयाँ जरिवाना गराएको जानकारी दिएको छ।
यससम्बन्धी बजार अनुगमन तथा निरीक्षण प्रतिवेदन विभागले सार्वजनिक गरेको हो।
प्रतिवेदनअनुसार १४ वटा मात्रै सामान्य अवस्थामा रहेको पाइएको थियो भने १ सय ५६ वटालाई सामान्य कैफियत तत्कालै सुधार गराइएको तथा निर्देशन दिइएको छ। त्यस्तै, अखाद्य वा म्याद नाघिसकेका १५ हजार ३ सय ५७ रुपैयाँबराबरको वस्तु तत्कालै नष्ट गराइएको विभागले जनाएको छ।
यसबाहेक २३ कम्पनीलाई आवश्यक कागजात वा स्पष्टीकरण पेस गर्न भनिएको र ६८ वटालाई जरिवाना गरिएको छ। विभागले अनुगमनका क्रममा १६ वटाबाट परीक्षणका लागि नमूना संकलन गरेको थियो। तर कुनै विरुद्ध पनि मुद्दा भने दायर नगरिएको विभागले जनाएको छ।
२०७७ भाद्र १ देखि १५ गतेसम्म बजार अनुगमन तथा निरीक्षणका क्रममा गरिएको कारवाहीको निरीक्षण अधिकृतगत विवरण र संख्या सहितको प्रतिवेदन ।@Baikuntha_Aryal @NPrayas @SagarMi03377458 @dkhanalnp pic.twitter.com/F389jfnEG6 pic.twitter.com/8mMLw0FVal pic.twitter.com/nenmfCzZwe
— बाणिज्य आपूर्ति तथा उपभाेक्ता संरक्षण विभाग (@DOCSCP1) September 1, 2020

प्रतिक्रिया