ad ad

समाज


यी हुन् पछिल्लो २४ घण्टामा नयाँ संक्रमित भेटिएका जिल्ला

यी हुन् पछिल्लो २४ घण्टामा नयाँ संक्रमित भेटिएका जिल्ला

नेपालखबर
भदौ १५, २०७७ सोमबार १०:५३,

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २९८ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा काठमाडौं, भक्तपुर र ललितपुरमा उक्त संख्यामा संक्रमित थपिएको जानकारी दिइएको हो।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार थपिएकामध्ये काठमाडौंमा १९० जना, भक्तपुरमा ४१ जना र ललितपुरमा ६७ जना रहेका छन्।

१७ हजार ८ सय २२ जना देशभर सक्रिय संक्रमित रहेको उनले बताए। होम आइसोलेसनमा ७ हजार १ सय २१ जना रहेका छन्। ११ हजार १ सय २९ पीसीआर परीक्षण भएको छ। ७ हजार ३ सय ३७ जना क्वारेन्टिनमा र संक्रमणमुक्त हुने २१ हजार ४ सय १० जना रहेका छन्।

कुन जिल्लामा कति थपिए? (सूची)
प्रदेश १ मा ओखलढुंगा १, खोटांगमा १, झापामा ५, मोरंगमा १९, संखुवासभामा ९ जना र सुनसरीमा २५ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश २ मा धनुषामा ३१, पर्सामा ३४, बारामा २३, महोत्तरीमा ६, रौतहटमा १, सप्तरीमा २२, सर्लाहीमा १०३ र सिरहामा ५ जना संक्रमित भेटिएका छन्।

वाग्मती प्रदेशमा काठमाडौंमा १९०, काभ्रेमा १३, चितवनमा ७१, दोलखामा २, धादिंगमा १, भक्तपुरमा ४१, मकवानपुरमा ४२, रामेछापमा २, ललितपुरमा ६७, सिन्धुपाल्चोकमा १ र सिन्धुलीमा ७ जना संक्रमित फेला परेका छन्।

त्यस्तै, गण्डकी प्रदेशमा कास्कीमा ३, गोरखामा १३, तनहुँमा २६, नवलपरासी पूर्व ४, लमजुंग २, बाग्लुंगमा ४ जना भेटिएका छन्।

प्रदेश ५ मा अर्घाखाँचीमा २, कपिलवस्तु १, नवलपरासी ३, पाल्पा १, बर्दिया २, बाँके १४ र रुपन्देहीमा ११ जना संक्रमित भेटिएका छन्।

कर्णालीमा जुम्लामा १ र सुर्खेतमा ३८ जनामा कोरोना पुष्टि भएको छ।

सुदूरपश्चिम प्रदेशमा अछाममा २३, कञ्चनपुरमा ७, कैलाली १६, डोटीमा १, बझांगमा १ र बैतडीमा २ जना संक्रमित फेला परेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .