नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट एक ४ वर्षिया बालिकासहित थप ७ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बालिकासहित ३ महिला र ४ पुरुष गरी पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको हो।
महोत्तरीमा ४ वर्षिया बालिकाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। यस्तै गोरखामा ६५ वर्षिया र रुपन्देहीमा ६८ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ।
यसैगरी झापा ८६ वर्षिय, रौतहटमा ४० वर्षिय, चितवनमा ७८ र भक्तपुरमा ७७ वर्षिय पुरुषको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ।
प्रतिक्रिया