ad ad

समाज


हिरासतमा विजयकाे मृत्यु प्रकरण : गरुडामा प्रदर्शन, प्रहरी कार्यालय घेराउ

हिरासतमा विजयकाे मृत्यु प्रकरण : गरुडामा प्रदर्शन, प्रहरी कार्यालय घेराउ

शैलेन्द्र महतो
भदौ ११, २०७७ बिहिबार ११:३७,

साथीको हत्या आरोपमा पक्राउ परेका युवक विजय महरा रामको प्रहरी हिरासतमा मृत्यु भएपछि रौतहटको गरुडामा प्रदर्शन भएको छ।

प्रहरीले चरम यतना दिएपछि विजयको मृत्यु भएको भन्दै आफन्तजन, स्थानीय र दलित समुदायले बिहीबार रौतहटको गरुडामा प्रदर्शन गर्दै इलाका प्रहरी कार्यालय गरुडा घेराउ गरेका हुन्।

दलितमाथि दमन बन्द गर, प्रहरी प्रशासन मुर्दावाद, हत्यारा डीएसपी चाहिँदैन, प्रक्राउ परेकाहरुलाई सार्वजनिक गर लगायतको नारा लगाउँदै दलित समुदायले प्रदर्शन गरेका छन्।

प्रदर्शनमा सयौंको संख्यामा दलित समुदाय तथा स्थानीयहरु उत्रेका थिए। उनीहरु केही समय इलाका प्रहरी कार्यालय गरुडा घेराउ गर्दा तनाव उत्पन्न भएको थियो।

गएको साउन ३१ गते रौतहटको गरुडा नगरपालिका ८ का २० वर्षीय निरञ्जन रामको घरभन्दा पर घाँटी रेटेर हत्या भएको अवस्थामा शव फेला परेको थियो।

उनको हत्या आरोपमा विजय महरा रामसहित स्थानीय ७ जना युवकलाई प्रहरीले पक्राउ गरेको थियो। हिरासतमै रहेका सातजना मध्ये हत्या आरोपित १९ वर्षीय युवक विजय महरा रामको बुधबार राति उपचारको क्रममा वीरगञ्ज स्थित नेश्नल मेडिकलमा मृत्यु भएको हो।

पिसावमा इन्फेक्सन, डाइरिया र दुवै मिर्गौला फेल भएर विजयको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी ज्ञानकुमार महतोले बताएका छन्। तर मृतकका आफन्तले प्रहरीले जवरजस्ती हत्या कबुल गराउन कुटपिट जस्ता चरम यातना दिएकाले स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएर मृत्यु भएको दावी गरेका छन्।

मृतक विजयका बुबा पनिलाल रामले निर्दोष छोरालाई प्रहरीले घटनामा फँसाउन अत्यधिक यातना दिएकाले मृत्यु भएको आरोप लगाएका छन्।

एक महिलासँग अनैतिक सम्बन्ध रहेको भन्दै निरञ्जन रामको योजनावद्ध तरिकाले हत्या भएको थियो। उनको हत्या आरोपमा साथी विजयसहित स्थानीय २० वर्षीय अजयकुमार रंजन, १९ वर्षीय विवेक कुमार यादव, १९ वर्षीय अर्जुन राम, २० वर्षीय सिकिन्द्र रामलाई पक्राउ गरी प्रहरीले गएको भदौ ४ गते सार्वजनिक गरेको थियो।

याे पनि: साथी हत्याको आरोपमा पक्राउ परेका युवकको मृत्यु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .