ad ad

समाज


मोटरसाइकलको ठक्करबाट साइकलमा सवार एकको मृत्यु, दुई घाइते

मोटरसाइकलको ठक्करबाट साइकलमा सवार एकको मृत्यु, दुई घाइते

नेपालखबर
भदौ ११, २०७७ बिहिबार ११:२३,

मोरङमा बिहीबार भएको सवारी दुर्घटनाका कारण साइकलमा सवार एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार बिहान ११ बजे सुन्दरहरैचा नगरपालिका– ६ स्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट आइरहेको मोटरसाइकलले ठक्कर दिँदा साइकलमा सवार दुई जना नवराज बराईली र डम्बर श्रेष्ठ तथा मोटरसाइकल चालक जिल्ला बारा सिमरा –८ निवासी ४५ वर्षिय राजकुमार पुलामी गरी तीन जना घाइते भएका थिए।

घाइते तीनै जनालाई उपचारका लागि विराट नर्सिङ होममा लगिएकामा साइकलमा पछाडी सवार श्रेष्ठको निधन भएको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए। दुर्घटनाका कारण साइकल चालक बराईलीको अवस्था गम्भीर छ भने मोटरसाइकल चालकको अवस्था सामान्य रहेको र साइकल एवं मोटरसाइकल प्रहरीले नियन्त्रण लिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .