ad ad

समाज


राजधानीका यी स्थानमा बन्दै छन् ६ हजार क्वारेन्टिन र ५ हजार आइसोलेसन

राजधानीका यी स्थानमा बन्दै छन् ६ हजार क्वारेन्टिन र ५ हजार आइसोलेसन

उजिर कार्की
भदौ ११, २०७७ बिहिबार ११:४२,

सरकारले उपत्यकाका तीन जिल्लामा ६ हजार जनालाई राख्न मिल्ने क्वारेन्टिन र ५ हजार बेड आइसोलेसन बनाउने भएको छ।

बिहीबार कोरोना संकट व्यवस्थापन समिति (सीसीएमसी)का संयोजक उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, गृह र स्वास्थ सचिवलगायतको बैठकमा यसबारे छलफल भएको हो।

बैठकमा उपत्यकाका मेयर फोरमका संयोजक मदनसुन्दर श्रेष्ठले क्वारेन्टिन र आइसोलेसन तयार गर्न ठाउँहरु प्रस्ताव गरेका थिए।

जसअनुसार दशरथ रंगशाला र भृकुटीमण्डपमा एकीकृत क्वारेन्टिन बनाउने निर्णय भएको छ।

आइसोलेसनका लागि निजी विद्यालयका होस्टलहरु लिइने छ। यसका लागि ललितपुरको लिटल एन्जल, जेम्स, पुल्चोक क्याम्पस र सेन्ट जेभियर्स स्कुल पनि प्रयोग गर्ने प्रस्ताव गरिएको छ।

पशुपतिको वृद्धआश्रम, डिल्लीबजारस्थित व्यक्तिको भवन, इचुंगु बस्ती, मनमोहन मेडिकल कलेज, महेन्द्रनारायण अस्पताल, राधास्वामीको भवन र आवश्यक परे दरबार हाइस्कुलको भवन समेत प्रयोग गर्न सकिने गरी तयारी भइरहेको मेयर मदनसुन्दर श्रेष्ठले बताए।

त्यस्तै, काठमाडौं इन्जिनियरिङ कलेज र एन्फा एकेडेमी पनि प्रयोग गर्न सकिने प्रस्ताव गरिएको छ। जनमैत्री अस्पताल, चिरायु अस्पताल, भक्तपुरको कृषि विकास बैंकको तालिम केन्द्र, नेपाल इन्जिनियरिङ कलेज, बालकोटको रेडक्रस भवनमा पनि आइसोलेसन बनाइने भएको छ।

क्वारेन्टिन र आइसोसनको व्यवस्थापन गृहसचिवको नेतृत्वमा हुने छ। त्यहाँ राखिएकाहरुलाई खाना खुवाउने लगायतको व्यवस्थापन भने स्थानीय तहले गर्ने छन्।

क्वारेन्टिन व्यवस्थापनका लागि शिक्षकलाई खटाउन प्रस्ताव गरिएको छ। यस्तै सरकारले क्वारेन्टिनमा बस्ने व्यक्तिका लागि दिँदै आएका रकम बढाउने प्रस्ताव स्थानीय तहले राखेका छन्। यसअघि दैनिक १७५ रुपैयाँ दिँदै आएकोमा अब प्रतिव्यक्ति दैनिक ५ सय रुपैयाँ दिन प्रस्ताव गरिएको छ।

उपप्रधानमन्त्री इश्वर पोख्रेलले सीसीएमसीमा छलफल गरेर उक्त प्रस्ताव मन्त्रिपरिषदमा लैजाने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .