ad ad

समाज


काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक साता थपियो

काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक साता थपियो

नेपालखबर
भदौ १०, २०७७ बुधबार ५:५४,

काठमाडौँ उपत्यकामा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ।

बुधबार बिहान बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यही भदौ ३ गतेदेखि जारी निषेधाज्ञा एक साताका लागि थप निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अहिलेकै अवस्थामा एक साता निषेधाज्ञा बढाइएको बताए।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अहिलेकै अवस्थामा एक साता निषेधाज्ञा बढाइएको बताए। ‘कोरोना संक्रमण बढीरहेका कारण एक साताका लागि निषेधाज्ञा थप गरेका हौँ’, नेपालखबरसँग कुरा गर्दै प्रजिअ दाहालले भने।

अघिल्लो बुधबार मध्यरातिदेखि जारी एकहप्ते निषेधाज्ञाको अवधि आज (बुधबार) राति १२ बजेबाट सकिँदै थियो।

यसअधि मंगलबार निषेधाज्ञा थप गर्नेबारे काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफल गरेका थिए। मंगलबार नै तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले संघीय सरकारको गृह मन्त्रालयसँग समेत छलफल गरेका थिए।

उपत्यका नगरपालिका फोरमको सोमबार बसेको बैठकले पनि संक्रमण बढेको भन्दै निषेधाज्ञा थप गर्न प्रशासनलाई सिफारिस गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .