ad ad

राजनीति


के नभाल्नीलाई रुसी राष्ट्रपति पुटिनकै आदेशमा विष खुवाइएको हो?

के नभाल्नीलाई रुसी राष्ट्रपति पुटिनकै आदेशमा विष खुवाइएको हो?

नेपालखबर
भदौ १०, २०७७ बुधबार ६:४४,

रुसका चिकित्सकहरुले उनको शरीरमा विष नदेखिएको बताएका थिए। तर जब उनलाई जर्मनी उपचारको लागि ल्याइयो त्यहाँका डाक्टरले नभाल्नीलाई विष खुवाइएको देखिएको बताए।

जर्मनीको चाराइट अस्पतालले नभाल्नीको शरीरमा विष देखिएको बताएको हो।

रुसका चिकित्सकहरूले उनको शरीरमा विष नपाइएको बताउँदै उनको त्यो अवस्था रगतमा चिनीको मात्रामा कमीका कारण भएको ‘मेटाबोलिक डिसअर्डरले’ निम्ताएको हुन सक्ने सङ्केत गरेका थिए।

तर रुसी र जर्मनका चिकित्सकहरुको कुरा बाँझिएपछि यसले अर्को बहस खडा गरेको छ। रुसका राष्ट्रपति पुटिनकै आदेशमा नभाल्नीलाई विष खुवाइएको हुनसक्ने आशंका व्यक्त भएको छ।

बर्लिनका डाक्टरहरुले नभाल्नीको अवस्था गम्भीर भएपनि उनको जीवन जोखिममा नभएको बताएका छन्।

यसबीचमा रुसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभले पुटिनमाथि लागेको आरोप झुठो अफवाह भएको बताएका छन्।

उनले भनेका छन्,‘हामीले त्यस्ता झुठा आरोपलाई गम्भीर रुपमा लिनु हुँदैन। त्यो सत्य हुनै सक्दैन। त्यो हल्ला मात्र हो।’

प्रतिक्रिया स्वरुप नभाल्नीकी प्रवक्ताले भनेकी छिन्,‘यो स्पष्ट थियो कि यो घटनाको छानविन राम्रोसँग हुँदैन भनेर। तर, हामी सबैलाई थाहा छ अपराधी को हो भनेर।’

पुटिनका कट्टर आलोचक ४४ वर्षीय नभाल्नी कैयौँ पटक जेल परिसकेका छन्। सरकारको विरोधगर्दा उनीमाथि धेरैपटक आक्रमणको पनि प्रयास भएको थियो।

केही समय अगाडि पुटिनको आह्वानमा रुसमा जनमत संग्रह भएको थियो। संविधान संशोधनको पक्षमा बहुमत आएका कारण अब पुटिनले सन् २०३६ सम्म राष्ट्रपति पदमा रहने ढोका खुलेको छ।

नभाल्नीले पुटिनले सत्तामा रहन ठूलो अपराध गरेको बताउँदै उक्त कार्यलाई संविधानको ‘कु’ भएको बताएका थिए।

गतहप्ताको बिहीबार उडिरहेको विमानमा बिरामी परेपछि नभाल्नी कोमामा गएका थिए। उनका समर्थकहरुले विष हालिएको चिया सेवन गर्दा नभाल्नी अचेत बनेको बताएका थिए।

लगत्तै उनी सवार विमान आपत्‌कालीन अवतरण गर्दै उनलाई अस्पताल भर्ना गरिएको थियो।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका खरो आलोचक नभाल्नीले सरकारी भ्रष्टाचारको भण्डाफोर गर्दै आएका छन्।

हाल पुटिनमाथि हत्या प्रयास गरेको आरोप चौतर्फी लागिरहँदा यस घटनाको निष्पक्ष छानविन हुनुपर्छ भनेर जर्मनी र बेलायतले रुसलाई दबाब दिइरहेको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .