ad ad

समाज


चितवनमा खोलाले बगाउँदा १२ वर्षीया बालिकाको मृत्यु

चितवनमा खोलाले बगाउँदा १२ वर्षीया बालिकाको मृत्यु

नेपालखबर
भदौ ६, २०७७ शनिबार ८:४१,

राप्ती नगरपालिका वडा नं १३ कान्दामा खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थान निवासी १२ वर्षीया सम्झना चेपाङ रहेकी छन्।

राप्ती नगरपालिका प्रमुख प्रभा बरालका अनुसार आमा छोरी मकै भाँच्न जाँदा छोरीलाई खोलाले बगाएको हो। खोलाले चेपाङलाई शुक्रबार दिउँसो बगाएको र राति अबेर मात्रै उनको शव भेटिएको बरालले जानकारी दिइन्। घटना स्थलमा आज प्रहरी जाँदै गरेको उनले बताइन्।

चितवन र धादिङको सिमानामा पर्ने सो ठाउँ भण्डारादेखि उत्तरमा पर्दछ। उक्त स्थामान पुग्न सडक अफ्ठ्यारो रहेको छ। बाटो बिग्रेका कारण गाडी नचल्दा पैदलै जानुपर्ने भएकाले समय लाग्ने प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .