विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउने एजेण्डा लगायतका महत्वपूर्ण विषयमा निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बसिरहेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले काठमाडौं उपत्यकामा गरिएको एकहप्ते निषेधाज्ञा, कोरोना संक्रमणलाई फैलन नदिनको लागि ठोस योजनाको बारेमा समेत निर्णय गर्ने बताइएको छ।
देशमा कोरोना संक्रमण बढ्न थालेपछि आजदेखि लागू हुनेगरी उपत्यकामा एक हप्ताका लागि निषेधाज्ञा लगाइएको छ भने देशका विभिन्न जिल्लामा कतै लकडाउन कतै निषेधाज्ञा लगाइएको छ।
आजको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य क्षेत्रका विषयमा समेत केही निर्णय गर्ने संभावना रहेको छ।
याे पनि:
विदेशबाट नेपाली ल्याउन नियमित उडान सुरु गर्ने प्रस्ताव मन्त्रिपरिषद् लगिँदै

प्रतिक्रिया