केनसाइनो बायोलोजिक्स कर्पोरेसनले बनाएको खोप Ad5-nCoV लाई चीन सरकारले पेटेन्ट मन्जुरी प्रदान गरेको सीजीटीएनले जनाएको छ।
चीनको बौद्धिक सम्पत्ति नियामक संस्थाले गत अगष्ट ११ मा पेटेन्ट अधिकार दिएको समाचारमा जनाइएको छ। चीनले पहिलोपटक कोभिड–१९ को खोपलाई पेटेन्ट अधिकार प्रदान गरेको हो।
वाल्टर एन्ड एलिजा हल इन्स्टिट्युट अफ मेडिकल रिसर्चका प्रोफेसर मार्क पेलिग्रिनीले द गार्जिएनसँग भनेका छन्,‘पेटेन्ट अधिकारका कारण अब यो खोपको नक्कल कसैले गर्न पाउनेछैन। तर क्लिनिकल ट्रायलमा अगाडि बढ्न पेटेन्ट हुनुपर्छ भन्ने कुनै मापदण्ड छैन।’
चीनको कोरोनाविरुद्धको खोपको बारेमा केहीहप्ता अगाडि एउटा मेडिकल जर्नलहरुमा समाचारहरु प्रकाशित भएका थिए। त्यसबेला अक्सफोर्ड विश्वविद्यालयले पनि आफूले बनाइरहेको खोपको बारेमा जानकारी दिएको थियो।
चीन र अक्सफोर्ड दुवैका खोपमा कोरोनाविरुद्ध प्रतिरोधी क्षमता बढाउने एडेनाभाइरसको प्रयोग गरेको बताइएको छ।
चीनले कोरोना खोपलाई पेटेन्टको अनुमति दिएको खबरपछि सोमबार केनसाइनो कम्पनीको शेयर हङकङमा १४ प्रतिशत र सांघाईमा ६ दशलमव ६ प्रतिशत बढेको जनाइएको छ। एजेन्सी
Shares

प्रतिक्रिया