बिगमार्टमा सपिङ गर्दा इसेवा तथा फोनपे नेटवर्कमार्फत भुक्तानी गर्दा २५ प्रतिशत सम्म छुट पाइने भएको छ।
डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले बिगमार्ट र इसेवाको सहकार्यमा सुरू भएको यो योजना भदौ ३१ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ। यो योजना बिगमार्टका ५० वटै स्टोर्समा लागू हुनेछ।
योजना अनुसार बिहान र बेलुका फलफुल तथा तरकारी खरिद गर्दा इ–सेवा तथा फोनपेबाट (मोबाइल बैंकिङ) क्यूआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट पाइनेछ भने दिउँसो ११ बजेदेखि ४ बजेसम्म २५ प्रतिशत छुट पाइनेछ। यस्तो छुट अधिकतम ३ सय रुपैयाँसम्म पाइनेछ।
कोरोना महामारीका बेला सबैतिर डिजिटल भुक्तानीका लागि प्रोत्साहन भइरहेका बेला इ–सेवा र बिगमार्टले पनि डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नका लागि यो योजना सुरू गरेका हुन्।
इ–सेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो। इ–सेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ।
इ–सेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।
सन् २००९ जुलाईमा काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरबाट बिगमार्टको सुरू भएको थियो। हाल बिगबमार्टका मुलुकभर ५० वटा स्टोर्स रहेका छन्। बिग मार्टले हरेक महिना थुप्रै घरायसी सरसामानमा नयाँ–नयाँ अफर ल्याउँदै आएको छ। बिगमार्टले एउटै छानामुनी उपभोक्तालाई सबै खाले दैनिक उपभोग्य वस्तु उपलब्ध गराउँछ।

प्रतिक्रिया