ad ad

समाज


लिदी पहिरो : पुनःनिर्माण प्राधिकरणका वर्तमान र तत्कालीन प्रमुखबीच एकअर्कालाई दोषारोपण

लिदी पहिरो : पुनःनिर्माण प्राधिकरणका वर्तमान र तत्कालीन प्रमुखबीच एकअर्कालाई दोषारोपण

नेपालखबर
साउन ३२, २०७७ आइतबार ४:४०,

सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२, लिदीमा भीषण पहिरो गएर ठूलो जनधन क्षति भएपछि अहिले सरकारकाे आलोचना भइरहेको छ।

बस्ती जोखिममा छ, सार्दिनुपर्‍याे भनेर स्थानीयले पटकपटक आग्रह गर्दा पनि सम्बन्धित निकायले बेवास्ता गरेका कारण आज यस्ताे विपद्  आइलाग्याे भनेर टिप्पणी भइरहेको हाे। 

यसै क्रममा ट्विटरमा शंकर दाहालले प्रश्न गरे- ‘भूकम्पपश्चात् लिदी जोखिमयुक्त रहेको र अध्ययन प्रतिवेदनले समेत लिदीवासीलाई सुरक्षित स्थानमा सार्नुपर्ने प्रस्ताव गर्दा गर्दै आज १३ घर पुरिए र झण्डै ५० जना मारिए। लापर्बाही र गैरजिम्मेवारीप्रति जवाफदेही को हुने?’ 

यही प्रश्नमा पुनःनिर्माण प्राधिकरणका वर्तमान प्रमुख सुशील ज्ञवाली र तत्कालीन प्रमुख गोविन्द पोखरेलबीच भनाभन भएकाे हाे। 

ट्विटरमा ज्ञवालीले लेखेका छन्, ‘जानकारी होस् कि गोविन्द पोखरेल हुँदाखेरी गरिएको अध्ययनले नै क्याटेगोरी २ देखाएको हो। त्यसैले भ्रममा पर्ने र गलत सूचना प्रवाह नगर्नु भए राम्रो।’

जवाफमा पोखरेलले लेखेका छन, ‘समस्या हुनेदेखि मैले ३१ जिल्लाका जोखिम वस्तीहरूको अध्ययन डीफीडको सहयोगमा गराएको थिए। ध्रुव शर्माले एनआरएबाट संयोजन गर्नुभएको थियो। सिन्धुपाल्चोकको सेलाङमा जोखिमका परिवार सार्ने प्रकृया अक्सफामको सहजीकरणमा सुरु गराएको थिए। अध्ययनका प्रतिवेदन आउँदै थिए। नचाहिँदो आरोप नलगाउनू। सकरात्मक सोचौँ।’

lidiju

याे पनिसिन्धुपाल्चोक जुगल पहिरो : मृतकका परिवारलाई एक लाख राहत

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .