ad ad

समाज


मोटरसाइकल राप्ती नदीमा खस्दा एक युवाको मृत्यु, एक बेपत्ता

मोटरसाइकल राप्ती नदीमा खस्दा एक युवाको मृत्यु, एक बेपत्ता

नेपालखबर
साउन ३२, २०७७ आइतबार ४:३१,

दाङमा सानो राप्ती नदीमा मोटरसाइकल खस्दा एक युवाको मृत्यु भएको द्ध भने अर्का एक वेपत्ता भएका छन्।

लु ५७ प ११०० नम्बरको मोटरसाइकलमा लमहीबाट-गढवा जाँदै गर्दा गए राति ११ बजे बलरामपुरस्थित सानो राप्ती नदीको पुलमा ठोक्किँएर नदीमा खसेको वडा प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक प्रज्वल थपलियाले जानकारी दिए।

घटनामा दाङको गढवा गाउँपालिका-७ चन्दनपुर निवासी २६ वर्षीय सुरजनारायण चौधरी मृतावस्थामा फेला परेका छन् भने मोटरसाइकलमा उनीसँगै सवार सोही ठाउँका २७ वर्षीय मनोज चौधरी बेपत्ता भएका छन्।

बेपत्ता मनोजको सशस्त्र प्रहरीको गोताखोरद्वारा खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ। मृतकको शवलाई लमही अस्पतालमा राखिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .