अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ।
न्युयोर्क अस्पतालमा उपचारका क्रममा शनिबार ७२ वर्षीय भाइ रोबर्टको निधन भएको ट्रम्पले जानकारी दिएका हुन्।
‘गएराति मेरा भाइ रोबर्टले अन्तिम सास लिएको खबर गह्रुँगो मनले बताउँदैछु। उनी मेरा भाइ मात्र थिएनन, सबैभन्दा मिल्ने साथी पनि थिए। मलाई उनको कमी महसुस हुनेछ। हामी फेरि सँगै हुनेछौं। रोबोर्ट, तिमी सधैं मेरो मनमा रहनेछौ। शान्तसँग आराम गर,’ ट्रम्पले भनेका छन्।
रोबोर्ट दाइ ट्रम्पभन्दा २ वर्षले कान्छा थिए। उनले घरजग्गाको कारोबार गर्थे। बीबीसी
प्रतिक्रिया