ad ad

समाज


कोरोना संक्रमणबाट धरानमा एक महिलाको मृत्यु

कोरोना संक्रमणबाट धरानमा एक महिलाको मृत्यु

नेपालखबर
साउन ३२, २०७७ आइतबार ३:५५,

धरानमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

मोरङको विराटनगरस्थित त्रिवेणी मार्गकी ५० वर्षीया महिलाको गए राति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो।

अस्पतालका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार उनलाई शनिबार राति साढे ११ बजे अस्पताल पुर्याइएको थियो।

अस्पताल पुर्याएको एक घण्टा पछि नै उनको निधन भएको अस्पताल प्रशासनले जनाएको छ।

कोरोना संक्रमणले अवस्था जटिल बनेपछि उनलाई न्यूरो अस्पताल विराटनगरले बिपीमा रिफर गरेको थियो। विराटनगरमा उपचार सुरु गर्नुअघि उनले भारतमा उपचार गराएको पाइएको छ।

उनलाई श्वाँसप्रश्वाँस, थाइराइड र मुटु सम्बन्धी समस्या रहेको डाक्टर सापकोटाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .