कोरोना भाइरसको संक्रमणबाट बिहीबार भारतमा एक हजार ६ जनाले ज्यान गुमाएका छन्।
भारतमा हिजो एकै दिन ६४ हजार भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार भारतमा देखिएको संक्रमण विश्वमै सबैभन्दा धेरै हो।
भारतमा अहिलेसम्म कोरोना संक्रमणबाट ४८ हजार एक सय ४४ जनाले ज्यान गुमाइसकेका छन्। त्यहाँ संक्रमितको संख्या २४ लाख ५९ हजार नाघेको वर्ल्डओमिटरमा उल्लेख छन्।
पछिल्लो २४ घण्टामा ब्राजिलमा ६९ हजार एक सय ४७, अमेरिकामा ५४ हजार दुई सय ९८, कोलम्बियामा ११ हजार भन्दा धेरैमा संक्रमण देखिएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ६ हजार तीन सय १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
सबैभन्दा धेरै ब्राजिलमा एक हजार तीन सय एक जनाले ज्यान गुमाएका छन् भने अमेरिकामा एक हजार दुई सय ४२ जना, मेक्सिकोमा सात सय ३७, कोलम्बियामा तीन सय आठ, दक्षिण अफ्रिकामा दुई सय ६०, रुसमा एक सय २४, इरानमा एक सय ७४, अर्जेन्टिनामा एक सय ४९ जनाले ज्यान गुमाएका छन्।
अहिलेसम्म विश्वमा संक्रमणको कारण मृत्यु हुनेको संख्या सात लाख ५२ हजार सात सय २१ पुगेको छ। संक्रमितको संख्या दुई करोड १० लाख ६८ हजार नौ सय ५७ पुगेको छ। यो शुक्रबार बिहान साढे ६ बजेसम्मको तथ्यांक हो।
पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ७१ हजार चार सय २१ जना नयाँ संक्रमित थपिएका छन्।

प्रतिक्रिया