भारतको राष्ट्रिय क्रिकेट टोली तथा चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।
बीबीसी हिन्दीका अनुसार राँचीस्थित गुरुनानक अस्पतलाको प्रयोगशालामा उनको स्वाब परीक्षण गरिएको थियो।
कोरोना संक्रमण नरहेको नतिजा आएसँगै उनले अब आईपीएल खेल्न पाउने बाटो खुला भएको छ।
उनी सम्भवतः अब यही अगस्ट १४ तारिख चेन्नई जानेछन्। जहाँ अभ्यास खेल सकेपछि उनको टिम यूएई जानेछ ।
आईपीएल प्रतियोगिता सेप्टेम्ँबर १९ देखि नोभेम्बर १० सम्म आबुधाबी, शारजाह र दुबईमा हुँदै छ।

प्रतिक्रिया