समाज


कोरोनाबाट नेपालमा थप ८ जनाको मृत्यु, मृतकको संख्या ९१ पुग्यो

कोरोनाबाट नेपालमा थप ८ जनाको मृत्यु, मृतकको संख्या ९१ पुग्यो

नेपालखबर
साउन २८, २०७७ बुधबार ११:६,

नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाका कारण नेपालमा थप ८ जनाको मृत्यु भएको जानकारी दिएको छ।

मन्त्रालयका अनुसार काठमाडौंमा १, धादिङमा १, धनुषामा २, सप्तरीमा १, मोरङमा १, कपिलवस्तुमा १ र बारामा १  गरी जम्मा ८ जनाको मृत्यु भएको हो।

मन्त्रालयका अनुसार काठमाडौंका १, धादिङका १, धनुषाका २, सप्तरीका १, मोरङका १, कपिलवस्तुका १ र बाराका १ जना गरी जम्मा ८ जनाको मृत्यु भएको हो।

मृतकमध्ये २ महिला र ६ पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिए।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ४८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

 प्रवक्ता गौतमका अनुसार नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ७ हजार ६१३ रहेको छ।

पछिल्लो २४ घण्टामा १० हजार ४८१ जनाको पीसीआर परीक्षण गरिएको थियो।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ६७ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १६ हजार ७२८ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad