गत सोमबार स्वाब संकलन गरिएका सबै खेलाडी तथा अफिसियलको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार स्वाब संकलन गरिएका सबै २५ जनाको रिपोर्ट नेगेटिभ आएको जनाएको हो।
२५ जनामा १३ जना खेलाडी र अफिसियल थिए भने १२ जना होस्टेल स्टाफ थिए।
ललितपुरको पाटन अस्पतालमा सोमबार रंजित धिमाल, मिक्चेन तामाङ, विशाल राई, रवी पासवान, दर्शन गुरुङ, विमल राना, दिप कार्की, दिलेन लोक्तान, छिरिंग गुरुङ, देवेन्द्र तामाङ र पुजन उपरकोटीको स्वाब नमूना संकलन गरिएको हो। यस्तै प्रशिक्षक किरण श्रेष्ठ र फिजियो आविश्कार पुडासैनीको स्वाब संकलन गरिएको थियाे।
होस्टल स्टाफ ६ जना, सरसफाइ गर्ने २ जना र केयर टेकर ४ जना गरि २५ जनाको पनि स्वाब संकलन गरिएको थियाे।

प्रतिक्रिया