समाज


विराटनगरका ८ सञ्चारकर्मीमा कोरोना संक्रमण, आइसोलेसन नहुँदा थप समस्या

विराटनगरका ८ सञ्चारकर्मीमा कोरोना संक्रमण, आइसोलेसन नहुँदा थप समस्या

नेपालखबर
साउन २७, २०७७ मंगलबार ८:३६,

विराटनगरका ८ सञ्चारकर्मीमा कोरोना संक्रमण देखिएको छ।

स्थानीय एक दैनिकमा कार्यरत पाँच पत्रकार र एक कम्प्युटर अपरेटर कोरोना संक्रमित भएका छन्।

त्यसैगरी राजधानीबाट प्रकाशित हुने एक दैनिकका स्थानीय संवाददाता र अर्को दैनिकको मार्केटिङमा कार्यरत व्यक्तिमा कोरोना संक्रमण भएको नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुईटेलले बताए।

‘साउन २३ गते स्बाव संकलन गरी परीक्षणका लागि पठाइएकोमा त्यसको रिपोर्ट हिजो (सोमबार) बेलुका बल्ल आयो। त्यसमा ८ जना संचारकर्मी कोरोना संक्रमित भएको देखिएको छ,’ अध्यक्ष लुईटेलले भने, ‘साउन २४ र २५ गते स्वाब संकलन गरिएका साथीहरुको रिपोर्ट आउन बाँकी नै छ।’

संक्रमित भएकाहरुमा कोभिड–१९ को लक्षण समेत देखिएको लुईटेलले बताए।

‘ज्वरो हुँदाहुँदै स्वाब दिनुभएका केही साथीको ज्वरो निको समेत भैसकेको छ,’ उनले भने, ‘केही साथीहरु अहिले पनि घरमा आइसोलेसनमा बस्नुभएको छ।’

लुइटेलले आफ्नै घरमा रहेका स्थानीय सञ्चारकर्मीलाई भन्दा डेरामा बस्नेहरुलाई बढि समस्या परेको बताए।

‘डेरा गरी बस्ने सञ्चारकर्मीलाई बढि समस्या परेको छ। आइसोलेसनमा राखिदिनुहोस भनेर विभिन्न निकायहरुलाई आग्रह गर्‍यौं, तर कसैले पनि वास्तै गरेको छैन,’ उनले भने।

पछिल्लो समय तीब्र रुपमा कोरोना संक्रमण भइरहेका ठूला शहरमध्ये विराटनगर एक हो।

स्वास्थ्य मन्त्रालयको सोमबारको तथ्यांकअनुसार मोरङ जिल्लामा ३ सय ३४ सक्रिय संक्रमित छन्।

त्यहाँका ल्याबको क्षमताभन्दा बढि स्वाब संकलन भएको हुँदा समयमा रिपोर्ट दिन नसकेको स्वास्थ्य अधिकारीहरुको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad