काठमाडौंको गोंगबुमा एक पुरुषको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक महिलालाई चितवनबाट पक्राउ गरेको छ।
दाङका कृष्णबहादुर बोहोराको हत्यामा संलग्न रहेको आशंकामा उनलाई पक्राउ गरेको हो।
हत्या भएको घर फेला परेर र मृतकको पहिचान भएसँगै प्रहरी अनुसन्धानले गति लिएको हो। प्रहरीले प्रहरीले घटनास्थल आसपास र मृतकको सम्पर्कमा रहेका अन्य व्यक्तिलाई पनि पक्राउ गरेर सोधपुछ गरिरहेको छ।
तर मृतकसँग सम्पर्क देखिएकै आधारमा पक्राउ गरिएकाले उनीहरुको विवरण भने प्रहरीले गोप्य राखेको छ।
आइतबार गोंगबुमा भित्री सडकमा कृष्णबहादुरको शरीर सुटकेसमा फेला परेको थियो। टाउको र खुट्टा भने तीन सय मिटर टाढा खाली जग्गाको कुनामा जेब्रामा पोको पारेको अवस्थामा फेला परेको थियो।
शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनाको प्रहरी अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरले अनुसन्धान गरिरहेका परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बताए।

प्रतिक्रिया