हङकङमा एग्नेस चाउसहित थप तीन जना पक्राउ

हङकङमा एग्नेस चाउसहित थप तीन जना पक्राउ

नेपालखबर
साउन २६, २०७७ सोमबार १५:२७,

विदेशीसँग मिलेर चीनविरुद्ध सक्रिय भएको सन्देहमा हङकङको एप्पल डेलीका मालिक जिमी लाइ पक्राउ गरेलगत्तै प्रहरीले सोमबार एग्नेस चाउसहित थप तीन जना पनि पक्राउ गरेको छ।

सोमबार दिउँसो पक्राउ परेकी एग्नेस चाउ हङकङमा पछिल्लो सुपुर्दगी विधेयकविरोधी आन्दोलनका अगुवा जोशुआ वङका निकट सहयोगी हुन्, जसले महिनौंसम्म सडक आन्दोलनको नेतृत्व गरेका थिए।

एग्नेस चाउलाई प्रहरीले साँझ अबेर प्रहरी कस्टडीमा पुर्याइएको छ।

Lai HK3

जुलाई १ मा लागू भएको राष्ट्रिय सुरक्षा कानून अन्तर्गत एप्पल डेलीका संस्थापक जिमी लाइ, उनका दुई छोरा र सो मिडिया सम्वद्ध चार अन्य अधिकारीलाई पक्राउ गरिएको हो। 

राष्ट्रिय सुरक्षा कानून अन्तर्गतको प्रहरी फेर्सले जिमीको होमान्तिङस्थित निवासमै पुगेर उनलाई पक्राउ गरेको थियो। सञ्चालक जिमीको पक्राउसँगै प्रहरीले पत्रिकाको मुख्यालयमा पनि छापा मारेको थियो।

राष्ट्रिय सुरक्षा कानून लागू भएसँगै स्थापना गरिएको राष्ट्रिय सुरक्षा विभागका एक अधिकारीले पत्रिकाको सम्पादकीय विभागमा हस्तक्षेप नगरिएको र प्रकाशन पनि नरोकिएको बताएका छन्।

हङकङ पत्रकार महासंघका प्रमुखले मिडिया कार्यालयहरूको भ्रमण गरी एप्पल डेलीका संस्थापक पक्राउ र पत्रिकाको कार्यालयमा छापा मारिएको घटनालाई ‘अभूतपूर्व’ भनेका छन्। 

यो पनि : हङकङ राष्ट्रिय सुरक्षा कानून : एप्पल डेलीका संस्थापक जिमी दुई छोरासहित बिहानै पक्राउ

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .