राजनीति


भारतसँगको विवादित क्षेत्रमा रेल परियोजना अगाडि बढाए चीन र पाकिस्तानले

भारतसँगको विवादित क्षेत्रमा रेल परियोजना अगाडि बढाए चीन र पाकिस्तानले

नेपालखबर
साउन २५, २०७७ आइतबार ११:१०,

कस्मिर क्षेत्रमा भारतसँग चीन र पाकिस्तान दुवैको विवाद छ।

चीन–पाकिस्तान आर्थिक कोरिडोरको हिस्साको रुपमा चीन र पाकिस्तानले रेल परियोजना अगाडि बढाएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

बुधबार पाकिस्तानले यही परियोजनामा खर्च गर्नका लागि ६ दशमलब ८ अर्ब डलरको बजेटमा स्वीकृती प्रदान गरेको छ।

गतहप्ता चीनले पनि इस्लामावाददेखि चीनको सिनजियाङ क्षेत्रको कासगर क्षेत्रसम्मको ठूलो सडक परियोजना अन्तर्गत सुरुवातमा बन्ने १ सय १८ किलोमिटरको थाकोटदेखि हाभेलिएन सडकखण्डको उद्घाटन गर्ने घोषणा गरेको थियो।

यस सडक भारतले दाबी गर्दै आएको जम्मु–कस्मिरको नजिक बन्नेछ। यस सडकखण्डलाई ‘फ्रेन्डसिप हाइवे’ भनिएको छ।

पाकिस्तानले हालै भारत प्रशासित जम्मु–कस्मिरलाई नै समेटेर नयाँ नक्शा सार्वजनिक गरेपछि भारत र पाकिस्तानको भू–राजनीतिक विवाद चर्किएको छ।

भारत र चीनबीच पनि सीमा विवाद जारी छ। हालै लद्दाख नजिकको विवादित क्षेत्र गलवान उपत्यकामा भारत र चीनका सेनाबीच झडप हुँदा २० भारतीय सेनाको मृत्यु भएको थियो।

भारतसँग चीन र पाकिस्तानको विवाद बढ्दै जाँदा चीन र पाकिस्तानले मिलेर भारतसँगको विवादित क्षेत्रमा रेल परियोजना अगाडि सारेका हुन्। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad