प्रहरीको आचरणविरुद्ध आर्थिक प्रलोभनमा परेको भन्दै प्रहरी सहायक निरीक्षक (असई) निलम्बनमा परेका छन्।
प्रदेश २ प्रहरी कार्यालयले सर्लाहीको मोहनपुर प्रहरी चौकीमा कार्यरत असई सुरेश सहनीलाई निलम्बन गरेको हो।
प्रदेश २ को सशस्त्र प्रहरी गण गुल्म ३ जनकपुरमा दरबन्दी भएका सहनी मोहनपुरमा कार्यरत थिए।
नेपाल प्रहरीले गरेको भ्रष्टाचार तथा आर्थिक अनुशासनबिरुद्ध शून्य सहनशीलता अख्तियार गर्दै आएकोमा उनले उल्लंघन गरेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए।
सहनीको व्यक्तिगत आचरण तथा व्यवहार प्रहरीको व्यवसायिक नीतिबिरुद्ध भएको प्रदेश प्रहरीको भनाई छ।
तत्काल निलम्बन नगरे झुटा प्रमाण संकलन गर्न सक्ने, आफूबिरुद्धका सवुद प्रमाणहरु नष्ट गर्नसक्ने भएकाले उनलाई निलम्बन नै गर्नुपरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक अंशुकुमार सिंहले बताए।

प्रतिक्रिया