कला


इतिहासकार ज्ञानमणि नेपाललाई ‘बीपी साहित्य सम्मान’

इतिहासकार ज्ञानमणि नेपाललाई ‘बीपी साहित्य सम्मान’

नेपालखबर
साउन २३, २०७७ शुक्रबार १२:३,

यस वर्षको ‘बीपी साहित्य सम्मान’ पुरस्कार वरिष्ठ साहित्यकार तथा इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ।

बीपी कोइराला स्मृति ट्रष्टले प्रत्येक वर्ष बीपी जयन्तीका अवसरमा बीपी साहित्य सम्मान पुरस्कार र सेनानी सम्मान पुरस्कार प्रदान गर्दै आएको छ। पुरस्कारको राशी एक लाख एक हजार रहेको छ।

ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रष्टका सदस्यहरु डा. धुब्रचन्द्र गौतम र सुशीलमान शेरचन समेतको सिफारिस समितिको सर्वसम्मतिबाट यो निर्णय गरिएको ट्रस्टले जनाएको छ।

त्यसरी नै ट्रष्टले प्रति वर्ष प्रदान गर्ने बीपी सेनानी सम्मान पुरस्कार–२०७७ यस वर्ष प्रजातन्त्र स्थापनाको संर्घषमा महत्वपूर्ण योगदान पुर्‍याउने होमनाथ दाहाललाई दिने निर्णय गरेको छ। पुरस्कारको राशी र ५१ हजार रहेको छ।

यी पुरस्कारहरु भदौ २४ गते बीपी जयन्तीको अवसरमा काठमाडौंमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिने छ।

यस भन्दा पहिले २०७१ मा बीपी साहित्य सम्मान वरिष्ठ साहित्यकार स्व. रत्नशम्शेर थापा र बीपी सेनानी सम्मान नुतन थपलियालाई, २०७२ मा साहित्यकार गोपाल पराजुलीलाई र सेनानी सम्मान स्व तारानाथ कोइरालालाई, २०७३ मा साहित्य सम्मान पुरस्कार साहित्यकार भुवन ढुङ्गाना र सेनानी सम्मान श्यामलाल श्रेष्ठलाई, २०७४ मा साहित्य तर्फ प्राडा अभि सुवेदी र सेनानी सम्मान दाङका तीर्थ राज चैतुलाई, २०७५ मा साहित्य तर्फ रोचक घिमिरे र प्रजातन्त्र सेनानी सम्मान स्व. चक्र प्रसाद बास्तोलालाई र गत वर्ष २०७६ मा बीपी साहित्य सम्मान तिल बिक्रम नेम्वाङ (बैरागी काहिला) र प्रजातन्त्र सेनानी सम्मान मधुकान्त सिंहलाई प्रदान गरिसकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad