मोदीले भनेका छन्,‘रामसँग नेपालको आत्मीय सम्बन्ध माता जानकीसँग जोडिएको छ।’
मोदीले श्रीलंकामा पनि रामायणको कथा चासोका साथ पढिने बताउँदै नेपाल र भारतबीचको सम्बन्ध भगवान रामकै कारण आत्मिय भएको बताए।
मोदीले सो क्रममा विश्वका मुस्लिम देशमा समेत रामको पूजा हुने गरेको उल्लेख गरेका छन्।
उनले राम भारतीय संस्कृतिको आधार भएको बताउँदै राम हरेक भारतीयको मन र मस्तिष्कमा भएको जनाए।
मोदीले ‘भगवान राम सबैको हो र सबै भगवान रामको’ भएको पनि बताएका थिए। एजेन्सी
प्रतिक्रिया