ad ad

कारोबार


नयाँ आवको सुरुमै भित्रियो ४ ठूला हाइड्रोमा लगानी, आज मात्रै साढे १३ अर्ब स्वीकृत

नयाँ आवको सुरुमै भित्रियो ४ ठूला हाइड्रोमा लगानी, आज मात्रै साढे १३ अर्ब स्वीकृत

नेपालखबर
साउन २१, २०७७ बुधबार ११:४,

नयाँ आर्थिक वर्ष सुरु भएपछि ४ ठूला हाइड्रो परियाेजनामा लगानी प्रतिबद्धता आएको छ। कोरोना संक्रमणको कारणले समग्र उद्योगहरुमा लगानी आउने क्रम कमजोर भइरहँदा हाइड्रोमा भने पछिल्लो १५ दिनमा नै लगातार ठूलो लगानीको प्रतिबद्धता आएको हो।

स्वदेशी लगानीमा नै ठूला आयोजना निर्माण हुने गरी लगानी बोर्ड र उद्योग विभागमा लगानी प्रतिबद्धता आएको हो। आज मात्रै लगानी बोर्डले १३ अर्ब ५७ करोड लगानी हाइड्रोलाई स्वीकृति दिएको छ।

आज केबीएनआर इस्वा पावर कम्पनीलाई स्वीकृति प्रदान गरिएको हो। उक्त आयोजना संखुवासभामा रहनेछ।

यसको क्षमता ९७ दशमलव २ मेगावाटको हुने लगानी बोर्डले जानकारी दिएको हो। यसको सबै लगानी स्वदेशी नै रहनेछ।

त्यस्तै १० अर्ब ३१ करोड लगानीमा म्याग्दीमा पनि नयाँ हाइड्रो निर्माणको लागि लगानी प्रतिबद्धता आएको छ। त्यसको लागि हाइड्रो दर्ता समेत भइसकेको छ। हाइड्रो भिलेज प्रालि नाममा धवलागिरि गाउँपालिका वटा ४ मा उक्त हाइड्रो निर्माण हुने गरी साउन ७ गते दर्ता भएको हो। यसको क्षमता ५७ दशमलव ३ मेगावाटको हुनेछ।

त्यस्तै सुश्मित इनर्जी प्रालि नामको हाइड्रो पनि म्याग्दीमा सञ्चालन हुने गरी दर्ता भएको छ। यसको लगानी ३ अर्ब ८३ करोडको हुनेछ। म्याग्दीमा नै निर्माण हुने उक्त हाइड्रो साउन ५ गते दर्ता भएको हो। यसको क्षमता २० मेगावाटको हुनेछ।

त्यस्तै हबपावर कम्पनी नामक हाइड्रोले पनि २ अर्ब ५२ करोड लगानी गर्ने प्रतिबद्धतासहित दर्ता भएको छ। स्वदेशी नै लगानीमा लमजुङमा निर्माण हुने उक्त हाइड्रोको क्षमता १२ दशमलव ६ मेगावाट रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .