समाज


काठमाडौँका ४८ सहित उपत्यकामा थपिए ६२ कोरोना संक्रमित

काठमाडौँका ४८ सहित उपत्यकामा थपिए ६२ कोरोना संक्रमित

नेपालखबर
साउन २०, २०७७ मंगलबार १०:४७,

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मगलबार स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकामा थप ६२ जनामा कोरोना पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार काठमाडौँमा ४८, भक्तपुरमा १३ र ललितपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

याेसँगै नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोनाका संक्रमितको संख्या २१ हजार ९ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ९२५ पुगेको छ।

आज ७ हजार ६८७ जनाको पीसीआर परीक्षण गरिएको थियो।

प्रवक्ता गौतमका अनुसार अहिलेसम्म ४ लाख ६ हजार ५९४ पीसीआर परीक्षण गरिएको छ।

त्यस्तै अहिलेसम्म नेपालमा १५ हजार २६ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। पछिल्लो २४ घण्टामा ६५ जना संक्रमित निको भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad