राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय राना घुससहित पक्राउ परेका छन्।
अधिकृत राना र व्यवसायी अनिल कुमार झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुई लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो।
प्रमुख अनुसन्धान अधिकृत रानाले गुड्खा/चिनी व्यवसायी अनिल कुमार झाबाट मासिक रूपमा घुस/रिसवत लेनदेन गर्ने गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिगएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
अधिकृत राना र व्यवसायी झालाई दुई लाख रुपैयाँ घुस/रिसवतबापतको रकम लेनदेन गरिरहेको अवस्थामा उक्त रकमसहित बुटवल उपमहानगरपालिका– १३ बुद्धचोकबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
3
Shares

प्रतिक्रिया