समाज


रातिदेखि फेरि वर्षा बढ्ने सम्भावना

रातिदेखि फेरि वर्षा बढ्ने सम्भावना

नेपालखबर
साउन २०, २०७७ मंगलबार १:३६,

आज (मंगलबार) दिउँसोसम्म पानी पर्ने खासै सम्भावना नरहे पनि साँझदेखि भने फेरि वर्षा हुने क्रम बढ्ने अनुमान मौसमविद्ले गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको असर अपराह्नदेखि नेपालमा पर्ने भएकाले रातिदेखि वर्षा हुने क्रम अलि बढ्ने सम्भावना देखिएको हो।

‘आज रातिदेखि भोलिसम्म वर्षाको मात्रा अलि बढ्ने सम्भावना देखिएको छ,’ मौसमविद् बासीले मंगलबार बिहान नेपालखबरसँग भनिन्, ‘पर्सिदेखि भने फेरि वर्षा कम हुने सम्भावना छ।’

उनका अनुसार अहिले बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भेगमा आंशिक बदली छ भने देशका बाँकी स्थानमा समान्यता माैसम सफा छ।

यो क्रम दिउँसोसम्म जारी रहने तर अपराह्नपछि बदली भई प्रदेश १, २ र बागमती प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यसैगरी राति पनि प्रदेश ५, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।

साथै प्रदेश १, २ र बागमती प्रदेशका थोरै स्थानमा भने भारी वर्षाको समेत समभवना रहेको महााशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

बिहान ६ बजे महाशाखाले  जारी गरेकाे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शमा भनिएकाे छ-

‘सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश न ५ र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशको केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थेरै स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएकाले उक्त स्थानमा आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad