समाज


आज गाईजात्रा पर्व, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

आज गाईजात्रा पर्व, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

नेपालखबर
साउन २०, २०७७ मंगलबार १:५०,

आज गाईजात्रा पर्व। काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा हर्षोल्लासकासाथ यो पर्व मनाइँदै छ।

गाईजात्रा पर्वको मुख्य दिन आज भए पनि भदौ कृष्ण प्रतिपदादेखि अष्टमीसम्म यो पर्व मनाउने प्रचलन छ। गाईजात्राका अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

राजा प्रताप मल्लको पालादेखि गाईजात्रा पर्व सुरु भएको मानिन्छ। पुत्रशोकमा रहेकी आफ्नी रानीलाई सान्त्वना दिन उनले यो पर्वका थालनी गरेको किम्बदन्ती छ। गाईजात्रामा एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झना गरिन्छ। यस पर्वमा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर झाँकी र नाचगानसहित सहर परिक्रमा गराउने परंपरा छ।

यसरी नगर परिक्रमा गराउँदा मृतकको आत्मा गाईको पुच्छर समाएर वैतरणी पार हुन्छ भन्ने धार्मिक विश्वास छ।

विशेषगरी नेवार समुदायको बसोबास धेरै रहेका सहरमा गाईजात्रा पर्व विशेष रुपमा मनाइन्छ। तर, यस वर्ष कोरोना संक्रमणको जोखिम रहेकाले गाईजात्रामा पनि उल्लास छैन।

सरकारले धेरै भिडभाड नगर्न र धर्मकर्मका कार्यमा तोकिएकाभन्दा बढी भेला नहुन अनुरोध गर्दै आएको छ।

विगतका वर्षमा गाईजात्रा पर्वका अवसरमा हाँस्यव्यंग्यसहित सार्वजनिक रुपमा विभिन्न कार्यक्रम हुँदै आएका थिए। तर, यस वर्ष प्रत्यक्ष रुपमा त्यस्ता कुनै पनि कार्यक्रम आयोजना गरिएका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad