ad ad

समाज


आजदेखि विराटनगर दुई साता लकडाउन

आजदेखि विराटनगर दुई साता लकडाउन

नेपालखबर
साउन १७, २०७७ शनिबार १:५९,

विराटनगर महानगरपालिकामा आज शनिबारदेखि दुई साताका लागि लकडाउन सुरु भएको छ।

समुदायमा कोरोना फैलिएको निष्कर्ष निकाल्दै महानगरपालिकाले शनिबारदेखि दुई सातासम्म लकडाउन गर्ने निर्णय गरेको हो।

विराटनगर महानगरपालिका स्तरीय कोरोना संकट व्यवस्थापन समितिको शुक्रबारको बैठकले नगरक्षेत्रमा थप संक्रमण फैलिन नदिन साउन १६ राति १२ बजेदेखि ३० गते राति १२ बजेसम्म लकडाउनको निर्णय गरेको हो।

मेयर भीम पराजुलीले समुदायमै कोरोना भाइरसको संक्रमित देखिएपछि लकडाउन सुरु गरिएको बताए।

लकडाउनको कारण शनिबार बिहानैदेखि विराटनगर सुनसान देखिएको छ। चार दिनअघिदेखि वीरगञ्ज महानगरपालिकाले पनि नगर क्षेत्रमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको थियो।

पछिल्लो समय भारतसँग सीमा जोडिएका तराईका ठूला शहरमा कोरोना संक्रमण तीब्र बन्दै गएको छ। संक्रमणसँगै मृत्युदर पनि बढेको छ। साउन लागेयता पर्सामा मात्रै कारोना संक्रमणबाट ९ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .