राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सिन्धुपाल्चोकका बाढी पहिरो पीडितहरूलाई राहत वितरण गरेको छ।
बाह्रबिसेमा बिहीबार राप्रपाले राहतस्वरूप रकम, खाद्यान्न र लत्ताकपडा वितरण गरेको हो। बाह्रबिसे नगरपालिका, भोटेकोशी तथा जुगल गाउँपालिकाका पीडित र विस्तापित परिवारलाई राहत प्रदान गरिएको राप्रपाले जनाएको छ।
राप्रपाका अध्यक्ष पशुपति शमशेर राणा, सिन्धपाल्चोकस्थित राप्रपाका सदस्य, शुभचिन्तकहरूको अग्रसरतामा ६ लाख ७५ हजार बराबरको राहत सहयोग उपलब्ध गराइएको हो।
राप्रपाका केन्द्रीय सदस्य रमेशकुमार लामा, सिन्धुपाल्चोक जिल्ला अध्यक्ष गोपाल श्रेष्ठ तथा उपाध्यक्ष नारायणजंग पाण्डे समेतको टोलीले १९ मृतकका परिवारलाई १० हजारका दरले रकम सहयोग हस्तान्तरण गरेको थियो।
बाह्रबिसे नगरपालिका, भोटेकोशी तथा जुगल गाउँपालिकाका पीडित र विस्थापित परिवारलाई खाद्यान्न, लत्ताकपडा वितरण गरिएको थियो। जुगल गाउँपालिकाका ६२ विस्थापित घरधुरीले सहयोग प्राप्त गरे।
अविरल बर्षाका कारण सिन्धुपाल्चोक जिल्लाका विभिन्न भागमा बाढीपहिरो गई जनधनको ठूलो क्षति भएको थियो।
Shares

प्रतिक्रिया