इन्डिया टुडेका अनुसार गत जुलाई २४ मा अनलाईन प्लेटफर्म डिज्नी हटस्टारमा रिलिज भएको यस चलचित्रलाई २४ घण्टाभित्रै ९५ करोडपटक हेरिएको थियो।
भारतमा न्युनतम २ सय रुपियाँमा चलचित्र हलमा फिल्म हेर्न पाइन्छ।
यदी यस चलचित्र फिल्महलमा रिलिज भएको भए यस चलचित्रले एकै दिनमा २ हजार करोड रुपियाँको व्यापार गर्ने थियो।
गत जुन १४ मा सुशान्त सिंह राजपुतले आत्महत्या गरेका थिए। उनको मृत्युको कारणबारे हाल अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया