पीसीआर परीक्षणको दायरा बढउनुपर्ने माग राख्दै आन्दोलनरत ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरुले पत्रकारमाथि दुर्व्यवहार गरेको नेपल पत्रकार महासंघले जनाएको छ।
महासंघका अनुसार समाचार संकलनका क्रममा अनलाइनखबर डटकमका सहसम्पादक विश्वासकुमार खड्काथोकीमाथि अभियन्ताहरुले दुर्व्यहार गरेका हुन्।
कोभिड १९ को विषयमा सरकारले जनताको स्वास्थ्यमाथि खेलवाड गरेको विरोधमा काठमाडौंको बसन्तपुरमा अनसनरतहरुको सन्दर्भमा साउन १३ गते समाचार संकलन गर्ने क्रममा ‘इनफ इज इनफ’ आन्दोलनका एक अभियन्ताले पत्रकार खड्काथोकीमाथि दुर्व्यवहार गरेका थिए।
‘स्वतन्त्ररुपमा पेशागत धर्म निर्वाह गर्ने पत्रकारमाथि कुनै पनि पक्षबाट दुर्व्यवहार हुनु निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो’ महासंघले बिहीबार विज्ञप्ति प्रकाशित गरी भनेको छ, ‘महासंघ प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न, पत्रकारलाई स्वतन्त्र र निर्वाध काम गर्ने वातावरण बनाउन तथा यस्ता घटना नदोहो¥याउन सम्बन्धित निकायसँग माग गर्दछ।’
Shares

प्रतिक्रिया