समाज


नाराणघाट–मुग्लिङ सडकखण्डमा गाडी गुडाउँदा प्रत्येक टिपमा शुल्क लाग्ने

नाराणघाट–मुग्लिङ सडकखण्डमा गाडी गुडाउँदा प्रत्येक टिपमा शुल्क लाग्ने

नेपालखबर
साउन १५, २०७७ बिहिबार ९:५९,

नाराणघाट–मुग्लिङ सडक खण्डमा गाडी गुडाउँदा शुल्क लाग्ने भएको छ।

सडक मर्मत दस्तुर शीर्षकमा प्रतिटिप हलुका सवारीको लागि २५ रुपैयाँ र हेभी साधनको लागि ५५ रुपैयाँ लाग्ने भएको हो।

मन्त्रिपरिषद्को १२ गतेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।

उनले भने, ‘सडक मर्मतको लागि स्रोतको अभाव नहोस् भनेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा उक्त निर्णय भएको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad