ad ad

समाज


उत्तर कोरियामा कोरोना संक्रमण आशंका गरिएका व्यक्तिको अवस्था यस्तो...

उत्तर कोरियामा कोरोना संक्रमण आशंका गरिएका व्यक्तिको अवस्था यस्तो...

नेपालखबर
साउन १२, २०७७ सोमबार ८:१२,

कोरोनाको लक्षण देखिएका मानिस भेटिएपछि उत्तरमा लकडाउन लागू गरिएको आइतबार उत्तर कोरियाली संचारमाध्यम केसीएनएले जानकारी दिएको थियो।

ती व्यक्तिमा कोरोना पुष्टि भए उनी उत्तरमा कोरोना संक्रमित हुने पहिला व्यक्ति हुनेछन्। यद्यपी उनको बारेमा कुनै जानकारी प्रदान नगरिएकाले हालसम्म उत्तर कोरियामा शुन्य संक्रमणको अवस्था छ।

उत्तर कोरियाले पहिल्यैबाट आफ्नो देशमा कसैलाई कोरोना संक्रमण नभएको दाबी गर्दै आएको थियो।

दक्षिण कोरियाले यसबीचमा उत्तर कोरियामा कोरोना आशंका गरिएका व्यक्तिमा कोरोना पुष्टि भएको विषयमा आफूले कुनै संकेत नपाएको रोयटर्ससँग बताएको छ।

आइतबार दक्षिण कोरियासँग सीमा जोडिएको केसङ शहरमा कोरोनाको लक्षण भएका ती २४ वर्षका व्यक्ति भेटिएको बताइएको थियो।

दक्षिण कोरियाली संचारमाध्यमका अनुसार उनी उत्तरबाट तीन वर्ष अगाडि दक्षिण कोरिया भागेर पुगेका थिए।

यसैबीच उत्तरमा कोरोना संक्रमणको आशंका गरिएका यी व्यक्तिविरुद्ध हालै दक्षिण कोरियामा यौनहिंसाको उजुरी परेको दक्षिणका प्रहरीले बताएको रोयटर्सले जनाएको छ।

गत जुलाई १९ मा यी व्यक्तिमाथि यौनहिंसाको उजुरी परेको र सोही दिन उनी फेरि उत्तर कोरिया फर्किएको जनाइएको छ।

उत्तर कोरियाली संचारमाध्यमका अनुसार जुलाई १९ मा ती व्यक्ति दक्षिण कोरियाबाट उत्तर फर्किएका थिए। उनले उत्तरको सीमा क्षेत्रमा रहेको शहर केसङ शहरमा प्रवेश गर्न अगाडि २५ किलोमिटरको दुरी पार गरेको बताइएको छ।

उनी दक्षिण कोरियाको ग्वाङ्वा पार गर्दै उत्तर प्रवेश गरेको अनुमान छ।

कट्टर शासन व्यवस्था भएको उत्तर कोरियाबाट हालसम्म ३० हजार नागरिक भागेर दक्षिण कोरिया पुगेका छन् र हालसम्म ११ जनाभने दक्षिणबाट उत्तर फर्किएका छन्।

उत्तर कोरियाले आफ्नो देशमा कोरोना संक्रमित नभएको दाबी गरिरहँदा अमेरिकाले भने उत्तरको यस दाबीमा आशंका व्यक्त गर्दै आएको छ। रोयटर्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .