चर्चित नायिका निता ढुङ्गाना र नायक पृथ्वीराज प्रसाईंको अभिनयमा नयाँ गीत सार्वजनिक भएको छ।
गायिका लाबोनी चक्रवर्ती प्रसाईको आवाजमा ‘फेरि आउन’ बोलको गीत भिडियोसहित सार्वजनिक भएको हो।
विदेहमणि उपाध्यायको रचनामा प्रेमिल भावले भरिएको गीतमा सङ्गीतकर्मी लाबोनी र प्रमोद प्रसाई ‘लाबोनीप्रमोद’ले सङ्गीत सिर्जना गरेका छन्। सङ्गीत संयोजन रिदम कँडेलले गरेका छन् भने महेश्वरमान राजभण्डारीले मिक्सिङ र मास्टरिङको काम गरेका छन्।
अहिलेका उदीयमान निर्देशक अनुप चापागाईंको निर्देशनमा तयार भएको गीतको भिडियोमा निता र पृथ्वीराजबाहेक गायिका लाबोनीलाई पनि देख्न सकिन्छ।
उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन्। गीत लाबोनीप्रमोद’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
प्रतिक्रिया