पोखराको मणिपाल शिक्षण अस्पतालका एक डाक्टरमा कोरोना भाइरसको सक्रमण देखिएको छ।
सोमबार बिहान ती डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको अस्पताल श्रोतले जनाएको छ।
कोरोना पुष्टि भएसँगै उनलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ।
ती डाक्टर मणिपालमा कार्यरत रहेको र सोही कलेजमा एमडी अध्ययन गर्दै आएका थिए। उनको आवास पनि मणिपालकै होटलमा रहेको छ।
डाक्टरलाई नै कोरोना पुष्टि भएपछि अस्पताललाई सिल गर्ने÷नगर्नेबारे निर्णय हुन बाँकी रहेको अस्पताल श्रोतले जनाएको छ।
3
Shares
प्रतिक्रिया