ad ad

राजनीति


प्रहरी समायोजन छिटो अगाडि बढाउन प्रदेशका मन्त्रीहरुको माग

प्रहरी समायोजन छिटो अगाडि बढाउन प्रदेशका मन्त्रीहरुको माग

नेपालखबर
साउन १२, २०७७ सोमबार ७:५२,

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरुले प्रहरी समायोजनको प्रक्रिया अगाडि बढाउन गृहमन्त्री रामबहादुर थापासँग आग्रह गरेका छन्।

समायोजन प्रक्रिया तत्काल अगाडि बढाउन माग गर्दै गृह मन्त्रालयमा पुगेका प्रदेशका सुरक्षा हेर्ने आन्तरिक मामिला मन्त्रीहरुले टुंग्याउन बाँकी विषयमा तत्काल छलफल गरेर अगाडि बढ्नु पर्ने बताएका थिए।

छलफलमा गृहमन्त्री थापाले कोरोना संक्रमणको जोखिम र देशभर जारी लकडाउनका कारण समायोजन प्रक्रिया ढिलो भएको भन्दै अब छिट्टै अगाडि बढाउने भनी आश्वस्त पारेका थिए।

उनले प्रधानमन्त्रीसँग छलफल गरेर समायोजनका लागि फाइल मन्त्रीपरिषद्मा पेश गर्ने बताएका छन्।

टुंगिन बाँकी रहेका विषयमा केही दिनभित्रै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीसँग छलफल हुने भएको छ।

प्रहरी समायोजनमा कुन प्रदेशमा कति प्रहरी रहने, कस्ता अपराध संघ र कस्ता प्रदेशले हेर्ने र प्रदेशमा रहने संघीय प्रहरीको कार्यालयको बारेमा टुंगो लाग्न बाँकी रहेको प्रदेश १ का आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले बताए।

यी विषय टुंगो लाग्नासाथ समायोजन प्रक्रिया अगाडि बढाउने सहमति भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .