समाज


मक्का मदिना जाने हजयात्रीलाई गृहमन्त्री थापाद्वारा विदाई

मक्का मदिना जाने हजयात्रीलाई गृहमन्त्री थापाद्वारा विदाई

नेपालखबर
साउन २, २०७६ बिहिबार ८:५२,

गृहमन्त्री रामबहादुर थापाले साउदी अरवको मक्कामदिनामा जाने हजयात्रीहरुलाई विदाई गरेका छन्।

गृहमन्त्री थापाले बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हजयात्रा गर्न जाने १ सय ५६ जना हजयात्रीहरुलाई बिदाई गरेका हुन्।

पहिलो चरणमा जाने हजयात्रीहरुलाई गृहमन्त्री थापाले विदाई गर्दै मक्का मदिनामा गएर नेपालको समृद्धिको कामना गर्न पनि अपिल गरे। उनले धर्म निरपेक्ष राष्ट्र नेपालले सबै धर्मको सम्मान र संरक्षण गर्ने भएकाले मुस्लिम समुदायलाई पनि हजयात्राका लागि पठाइएको पनि स्पष्ट पारे। गृहमन्त्री थापाले सो हजयात्राको माध्यामबाट पनि नेपालको पहिचान विश्वमा बढाउन सघाउ पुग्ने विश्वास पनि व्यक्त गरे।

हजयात्रीहरुलाई विदाई गर्न परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईसहितको पनि उपस्थिति रहेको थियो।

विगत ८ वर्षयता सरकारको व्यवस्थापनमा नेपालबाट पनि हज गर्न मक्कामदिना पठाउने गरिएको छ। यस वर्ष सरकारले साउदी अरेविया सरकारको आग्रहमा ३ सय जना थप गरी १ हजार ५ सय जनालाई हजयात्राका लागि पठाउने भएको छ। गृहमन्त्री थापाले यस वर्ष थप ३ सय गरी १ हजार ५ सय हजयात्राका लागि पठाउने र आगामी वर्षहरुमा हजयात्रीहरुको संख्या बढाउँदै लैजाने प्रतिवद्धता पनि व्यक्त गरे।

गत वर्ष सरकारले १ हजार २ सय जनालाई हजयात्राका लागि मक्कामदिना पठाएको थियो। मुस्लिम समुदायको पवित्र तीर्थस्थलको रुपमा रहेको मक्कामदिनामा विश्वभरका मुस्लिम समुदाय हज गर्न जाने गर्दछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad