समाज


समताका सञ्चालक सञ्जेल धरौटीमा छुटे, विरोध प्रदर्शनको तयारी

समताका सञ्चालक सञ्जेल धरौटीमा छुटे, विरोध प्रदर्शनको तयारी

नेपालखबर
साउन २, २०७६ बिहिबार ६:१८,

हत्या अभियोगमा प्रहरी हिरासतमा रहेका समता स्कूल तथा अस्पतालका सञ्चालक उत्तम सञ्जेल तीन लाख रुपैयाँ धरौटीमा छुटेका छन्। उनीमाथि आफ्नै कर्मचारीको हत्या गरेको अभियोगमा मुद्दा चलेको थियो।

जिल्ला अदालत काठमाडौंले उनलाई तीन लाख धरौटीमा छाड्ने आदेश दिएको हो। त्यस्तै उनकी पत्नी कला पनि तीन लाख धरौटीमा छुटेकी छिन्। समता अस्पतालमा सफाइको काम गर्ने विमला तामाङ असार ३ मा झुन्डिएको अवस्थामा भेटिएको थियो। त्यसपछि प्रहरीले सञ्जेल दम्पतीलाई पक्राउ गरी अनुसन्धान थालेको थियो। पोष्टमार्टममा झुन्डिएकै कारण मृत्यु भएको रिपोर्ट आएको थियो।

रहस्यम रूपमा मृत्यु भएको देखिएपछि सञ्जेल दम्पत्तिलाइ पक्राउ गर्न जनदवाब बढेको थियो। प्रहरीले सञ्जेल पत्नीलाई ज्यान मुद्दा चलाएको थियो। पर्याप्त प्रमाण नभएपछि उनीहरु धरौटीमा छुटेका हुन्।

माइतीघरमा प्रदर्शनको तयारी

समता अस्पतालमा मृत भेटिएकी विमला तामाङका परिवार तथा आफन्तले सञ्जेल दम्पत्ती रिहाइको बिरोध एवं निष्पक्ष छानबिन गरी दोषीउपर कारवाहीको माग गर्दै १ बजे माइतीघरमा प्रदर्शन गर्ने तयारी गरेका छन्। परिवार सदस्यहरू बिमलाको मृत्युमा सञ्जेल दम्पत्ती दोषी रहेको दाबी गर्दै आइरहेका छन्।

सम्बन्धित समाचार:

युवती ‘हत्या’ प्रकरणमा समताका संस्थापक उत्तम सञ्जेल पक्राउ

समतामा शंकास्पद मृत्यु: उत्तम सञ्जेल पत्नीसहित तीनविरुद्ध कर्तब्य ज्यानमा अनुसन्धान

समतामा विमलाको मृत्यु प्रकरणः आफन्तले अझै बुझेनन् शव, मृगौला झिक्न खोजेको आरोप

बिमलाको खल्तीमा बरामद चिट उनले नै लेखेको प्रमाणित

समता अस्पतालमा मृत बिमलालाई न्याय माग्दा गौशालामा लाठीचार्ज (फोटो/भिडियाे)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .