जापानको चर्चित एनिमेसन स्टुडियो क्योटो एनिमेसनमा बिहीबार बिहान आगलागी हुँदा दश जनाको मृत्यु भएको छ।
स्टुडियोमा आगो लगाइएको आशंका गरिएको छ। आगलागीमा परी १२ जनाभन्दा बढी मानिसहरु घाइते भएको एएफपीले जनाएको छ।
स्टुडियोमा आगो लगाउने आशंका गरिएको व्यक्ति पनि आगलागीमा परेर घाइते भएका छन्।
उनको प्रहरी निगरानीमा अस्पतालमा उपचार भइरहेको छ।
एएफपीसँग कुरा गर्द क्योटोका प्रहरी प्रवक्ताले भने,‘एक व्यक्तिले पेट्रोलजन्य पदार्थको प्रयोग गरी आगो लगाएका हुन्।’
भवनमा आगलागी बिहान साढे १० बजेबाट सुरु भएको थियो।
3
Shares

प्रतिक्रिया