२०७६ चैत ११ गतेदेखि लागू भएको लकडाउन बुधबारबाट औपचारिक रुपमा अन्त्य भएपछि काठमाडौं उपत्यकाका सडकमा सवारी चाप बढेको छ।
एक सय २० दिन लामो लकडाउन अन्त्य गर्दै सरकारले अधिकांश क्षेत्रलाई खोलेको छ। सवारी साधन सञ्चालनमा लागू भएको जोर विजोर प्रणाली पनि हटेको छ। त्यसैले काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा सवारी चाप बढेको छ।
यस्तै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएका अधिकांश क्षेत्रलाई सरकारले खोलेको छ। यद्यपी केही क्षेहरुमा भने प्रतिबन्ध कायम नै छ।
अधिकांश क्षेत्र खुलेपछि जनजीवन समान्य रुपमा फर्कन थालेको छ। मानिसहरुको आवागमन बढेपछि काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा सवारी साधनको चाप बढेको हो।
सडकमा निजी तथा सार्वजनिक सवारी सधानहरु बाक्लो संख्यामा देखिएका छन्। मुख्य मुख्य चोकमा ट्राफिक जाम देखिएको छ।
सार्वजनिक बसमा यात्रा गर्ने यात्रुले मास्क लगाएको देखिन्छ भने सडकमा यात्रा गर्ने यात्रुले पनि सतर्कता अपनाएका छन्। सरकारले अन्तरजिल्ला सार्वजनिक सवारी साधन सञ्चालन भने भदौ १ गतेसम्म बन्द गरेको छ।
जनजीवन समान्य बनाउन लकडाउन खोले पनि संक्रमणको जोखिम कायम नै रहकोले सतर्क रहन सरकारले आग्रह गरेको छ।

प्रतिक्रिया