राजनीति


अमेरिकाले भन्योः बौद्धिक सम्पत्ति जोगाउन चिनियाँ दूतावास बन्द गर्न लगाएका हौं

अमेरिकाले भन्योः बौद्धिक सम्पत्ति जोगाउन चिनियाँ दूतावास बन्द गर्न लगाएका हौं

नेपालखबर
साउन ७, २०७७ बुधबार १०:०,

अमेरिकाले आफ्नो देशको बौद्धिक सम्पत्ति जोगाउनको लागि चिनियाँ दूतावास बन्द गराउन आफूहरु बाध्य भएको बताएको छ।

तर चिनियाँ विदेश मन्त्रालयले भने अमेरिकी कार्यको विरोध जनाएको छ। चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले अमेरिकाले उक्त कदम नसच्याए चीनले पनि जवाफमा उपयुक्त र आवश्यक कदम चाल्ने चेतावनी दिएका छन्।

प्रवक्ता वाङले भने, “यो अमेरिकाले एकपक्षीय रुपमा संचालन गरेको राजनीतिक भडकाउपूर्ण कार्य हो, र यसले अन्तर्राष्ट्रिय कानुनको समेत गम्भीर उल्लंघन गर्दछ। साथै यो चीन र अमेरिकाबीच भएको द्विपक्षीय कन्सुलर सम्झौताको पनि उल्लंघन हो।”

उनले अमेरिकाबाट भएको यो लज्जाजनक एवं अन्यायपूर्ण कदमको कडा शब्दमा निन्दा गर्ने बताउँदै यस कदमले चीन–अमेरिका सम्बन्धलाई ध्वस्त बनाउन सक्ने बताए।

ह्युस्टनको महावाणिज्य दूतावासमा चिनियाँ अधिकारीहरुले कागज पत्रहरु डढाएपछि अमेरिकाले उक्त दूतावास बन्द गर्न भनेको हो।

दूतावास बाहिरबाट खिचिएका तस्बिर र भिडियोहरु सार्वजनिक भएका छन् जहाँ दूतावास भित्रबाट धुवाँ निस्किएको देख्न सकिन्छ। यद्यपी दूतावास भित्र कस्ता कागज पत्र डढाइएको भन्नेबारे केही खुल्न सकेको छैन।

पछिल्लो समय चीन र अमेरिकाबीच विभिन्न विषयमा मतभेद छ। चीनले कोरोना भाइरसको सूचना लुकाएका कारण विश्वभर कोरोना फैलिएको अमेरिकी आरोप छ भने हङकङमा चीनले सुरक्षा कानुन लागू गरेपछि अमेरिकाले एक–देश दुई प्रणालीको उल्लंघन भएको बताउँदै हङकङलाई प्रदान गर्दै आएको विशेष हैसियत बन्द गरेको छ।

अमेरिकाले चीनले आफ्नो क्षेत्र भएको दाबी गर्ने ताइवानलाई स्वतन्त्र देश भएको बताउँछ भने पछिल्लो समय अमेरिकाले चिनियाँ प्रविधि कम्पनीहरुलाई प्रतिबन्ध लगाएको छ।

यस्तै चीनले दाबी गर्दै आएको दक्षिण चीन सागरमा अमेरिकाले अन्य दाबीकर्ता देशहरुको साथ दिएको छ।

बौद्धिक सम्पत्ति चोरी गरेको भन्दै सन् २०१८ यता अमेरिका चीनसँगको व्यापार युद्धमा होमिएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad