समाज


सरकारले लकडाउन खोल्ने निर्णय गरेकै दिन कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

सरकारले लकडाउन खोल्ने निर्णय गरेकै दिन कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

नेपालखबर
साउन ७, २०७७ बुधबार ४:३२,

सरकारले लकडाउन खोल्ने निर्णय गरेकै दिन कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। हिजै (मंगलबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले मध्यराति १२ बजेदेखि लकडाउन अन्त्य भएको घोषणा गरेको छ।

याे पनिलकडाउन अन्त्य गर्ने सरकारको निर्णय, अवस्था हेरेर निषेधित क्षेत्र घोषणा गरिने

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत कोरोना संक्रमित ६० वर्षीय पुरुषको मृत्यु भएको त्यहाँका डाक्टर सञ्जीव शर्माले जानकारी दिए । उनले भने, ‘हिजो साँझ उनको मृत्यु भएको हो।’

प्रतिष्ठानका अनुसार महोत्तरीका ती व्यक्ति प्रतिष्ठान आउँदा नै सिकिस्त अवस्थामा थिए। सुरुमा आईसीयूमा राखिएकामा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई मंगलबार आइसोलेसनमा सारिएको थियाे। 

चिकित्सकका अनुसार उनमा रुघाखोकी र ज्वरो थियो। उनको शवलाई महोत्तरी पठाइसकिएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad