प्रदेश २ का दुई सय ५४ विपन्न दलित परिवारलाई भोर संस्थाले राहत प्रदान गरेको छ।
सरकारबाट उपेक्षित महोत्तरीका १३५, सर्लाहीका ८६ र रौतहटका ३३ गरी दुई सय ५४ अति विपन्न परिवारलाई भोर संस्थाले घरघमै पुगेर राहत बितरण गरेको हो।
डुआने बेरिएन क्लिफोर्ड जोन्स तथा ईन्दिरा आलेको आर्थिक सहयोगमा भोरले मुसहर, चमार, दुसाध र मुस्लिम समुदायका दुई सय ५४ अति विपन्न परिवारलाई राहत प्याकेज प्रदान गरेको संस्थाका निर्देशक राजकुमार महतोले जानकारी दिए।
भोरका अध्यक्ष पचुलाल माझी, कोषाध्यक्ष उमेश कुमार साह र सदस्य राजेश रामको संयोजन तथा व्यवस्थापनमा महोत्तरी जिल्लाको भंगहा नगरपालिका, जलेश्वर नगरपालिका, सर्लाही जिल्लाको धनकौल गांउपालिका, चन्द्रनगर गांउपालिका र रौतहट जिल्लाको परोहा नगरपालिकामा सो प्याकेज वितरण गरिएको हो।
प्रति परिवार २५ किलो चामल, ५ किलो हरियो तरकारी, १ किलो दाल, १ लिटर खाने तेल, १ किलो आयोडिन नुन र ४ पिस साबुन उक्त एकिकृत राहत प्याकेजमा समावेश गरिएको थियो।
लकडाउनको अवधि भरिमा उक्त राहत पीडितहरुक बसेका परिवारहरुलाई दुःखको बेला घर घरमा गएर राहत पुर्याउन पाएकोमा आफुहरुलाई खुसी लागेको भोरका अध्यक्ष पंचुलाल माझीले बताए।
Shares

प्रतिक्रिया